लुम्बिनी


लुम्बिनीमा प्रदेश प्रमुखद्वारा सरकार गठनका लागि आह्वान

लुम्बिनीमा प्रदेश प्रमुखद्वारा सरकार गठनका लागि आह्वान

नेपालखबर
पुस २१, २०७९ बिहिबार १५:३६, देउखुरी

लुम्बिनीमा सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेका छन्।

दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई पुस २७ गते दिउसो ४ बजेसम्म मुख्यमन्त्रीको दाबी पेश गर्न प्रदेश प्रमुख शेरचनले आह्वान गरेका हुन्।

नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम सरकार गठन गर्न कसैको बहुमत नआएकाले उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी गर्न भनिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। 

संविधानको धारा १६८ को उपधारा २ बमोजिम सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा सो समयभित्र बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेश गर्न आह्वान भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जनाएका छन्।

८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको आवश्यकता पर्दछ।

यस अघि पुस १७ गते सांसदहरूको शपथग्रहण तथा १८ गते प्रदेश सभा अधिवेशन सुरु भइसकेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .