लुम्बिनी


दैलेखमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु, दुई घाइते

दैलेखमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु, दुई घाइते

नेपालखबर
पुस १९, २०७९ मंगलबार १७:१०, सुर्खेत

दैलेखमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मंगलबार मध्य पहाडी राजमार्गको चगत्रा–पादुका खण्डमा दुर्घटनामा परेको हो। 

दुल्लु नगरपालिकाको भे १ ग ७७ नम्बरको टिपर दुल्लु नगरपालिकाको कार्यालयबाट डस्टविन लिई दुल्लु नगरपालिकाको वडा नं ९ को कार्यालयलतर्फ जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार दुल्लु नगरपालिका–९ को गोविधारा नजिक टिपर अनियन्त्रित भई दुर्घटनामा पारेको हो।

उक्त दुर्घटनाबाट मृत्यु हुनेमा टिपर चालक दुल्लु नगरपालिका–३ सियालाका धनबहादुर बुढा रहेका छन्। उनलको उपचारको क्रममा दूल्लु अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ। 

यस्तै, टिपरमा सवार दुल्लु नगपालिका–२ का पुर्णबहादुर थापा र दुल्लु नगरपालिका–७ नगेन्द्र रावत रहेका छन्। उनीहरुको दुल्लु अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad