लुम्बिनी


देउखुरीमा हुने भनिएको मुख्यमन्त्री सम्मेलन स्थगित

प्रदेश सांसदको शपथ १६ गते
देउखुरीमा हुने भनिएको मुख्यमन्त्री सम्मेलन स्थगित

नेपालखबर
पुस १३, २०७९ बुधबार १३:२४, बुटवल

पुस १५ गते दाङ देउखुरीमा हुने भनिएको मुख्यमन्त्री सम्मेलन स्थगित भएको छ। हालै कार्यान्वयनमा आएको लुम्बिनी प्रदेशको स्थायी राजधानीमा मुख्यमन्त्री सम्मेलन गर्ने प्रदेश सरकारले तयारी भएको थियो। 

अन्य प्रदेशका मुख्यमन्त्रीहरुलाई नयाँ राजधानीमा भ्रमण गराउने र गत ५ वर्ष कार्याकालको समिक्षा गर्न सम्मेलन गरिने भएपनि २ दिन अघि स्थगित भएको हो।

पछिल्लो राजनीतिक कारणले मुख्यमन्त्री सम्मेलन स्थगित गर्ने निर्णय भएको लुम्बिनी सरकारका प्रवक्ता तथा आन्तरिक मामिलामन्त्री तिलकराम शर्माले जानकारी दिए।

संघीय सरकार बन्दा हालै दलहरुबीचको गठबन्धनको समिकरण पनि परिवर्तन भएको छ। कांग्रेस माओवादी गठबन्धन गरेर चुनावमा गएको भएपनि एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका छन्।

यसैबीच लुम्बिनी प्रदेश सभाका नवनिर्वाचित सांसदहरुको शपथग्रहण कार्यक्रम पुस १६ गते हुने भएको छ।

प्रदेश मन्त्रीपरिषदको बुधबार बसेको बैठकले पुस १६ गते सांसदहरुलाई शपथ गराउनका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो। 

प्रदेश सभा बैठकको आहवान पनि गर्न पनि सिफारिस गरिएको आन्तरिक मामिला मन्त्री तिलकराम शर्माले बताए। ‘प्रदेश प्रमुखले नै तोकेको मितिमा हुने गरि  गरि हामीले बैठकको लागि सिफारिस गरेका छौं। सायद १८ देखी २० गतेसम्म पहिलो बैठक बस्छ।’ उनले भने।

प्रदेश सभा सदस्यको सपथग्रहण र बैठक लुम्बिनीको नयाँ राजधानी देउखुरीमा नै हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad