ad ad

लुम्बिनी


गुल्मीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ४ यात्रु घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ४ यात्रु घाइते

प्रतिकात्मक तस्बिर


सुदीप भण्डारी
मंसिर ७, २०७९ बुधबार ७:३०, बुटवल

गुल्मीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। जिल्लाको सत्यवती गाउँपालिका ३ कुतडाँडामा लु ३ च ५३४० जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु र ४ जना घाइते भएका हुन्। 

ठूलो लुम्पेकबाट कुतडाँडा जाँदै गरेको लु ३ च ५३४० जिप कुढडाँडामा मंगलबार राति साढे २ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ। जिप सडकबाट २ सय मिटर तल खसेको थियो। 

दुर्घटननामा मृत्यु हुनेमा सत्यवती गाउँपालिका–३ का जिप धनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहादी, ४७ वर्षका रनबहादुर सिजापती, २५ वर्षका मिलन तराम, ४३ वर्षकी जमुना सोमैको मृत्यु भएको गुल्मीका प्रहरी प्रवक्ता डीएसपी माधवराज खरेलले जानकारी दिए। 

घाइते ४ जनालाई उपचारका लागि पाल्पा पठाइएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .