ad ad

लुम्बिनी


रुपन्देहीमा टिपरले ठक्कर दिँदा पत्रकार कँडेलको मृत्यु

रुपन्देहीमा टिपरले ठक्कर दिँदा पत्रकार कँडेलको मृत्यु

पत्रकार एनबी कँडेल


नेपालखबर
मंसिर ३, २०७९ शनिबार १०:१३, बुटवल

रुपन्देहीमा टिपरको ठक्करबाट पत्रकार एनबी कँडेलको मृत्यु भएको छ।

तिलोत्तमाको जानकी नगरमा लु १ क ५२७६ नम्बरको सिमेन्ट घोल्ने रिडिमिक्ससहितको टिपरले भैरहवातर्फ जाँदै गरेको लु ४४ प ८२०१ नम्बरको मोटरसाइकिललाई ठक्कर दिँदा दुर्घटना भएको हो। बिहीबार साँझ दुर्घटनामा परी सैनामैना नगरपालिका १ रानीबगियाका ३५ वर्षिय नरबहादुर (एनबी) कँडेलको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय (बुटवल) ले जनाएको छ।

कँडेल बुटवलबाट सञ्चालित ग्लोबल आवाज अनलाइनका सम्पादक थिए। ठक्कर दिने सवारीसाधन र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .