लुम्बिनी


भेटिएनन् नदीमा डुबेका २ किशोरी

भेटिएनन् नदीमा डुबेका २ किशोरी

फाइल फाेटाे


नेपालखबर
कात्तिक ६, २०७९ आइतबार १७:५१, काठमाडौँ

दाङको बबई नदीमा नुहाउन गएका दुई किशोरी डुबेर बेपत्ता भएको २४ घण्टासम्म पनि भेटिएका छैनन्। तुलसीपुर इलाका प्रहरी कार्यालयका अनुसार शनिबार दिउँसो पौने २ बजेतिर डुबेर बेपत्ता दुई किशोरी आज दिउँसो पौने २ बजेसम्म पनि नभेटिएका हुन्।

घटनास्थलमा रहेका उक्त कार्यालयका प्रहरी नायब निरीक्षक वीरबहादुर भण्डारीका अनुसार उनीहरु डुबेको स्थान गहिरो भएको र त्यहाँ जाली पनि भएकाले जालीमा अड्किएको हुनसक्ने भएकाले पनि भेटाउन गाह्रो भएको छ। स्थानीयले पानीमुनि गएर खोज्दा पनि भेटाउन सकेका छैनन्। बेपत्ताको खोजीका लागि बाँकेको शम्शेरगन्जबाट गोताखोरको टोली आउन लागेको छ। साढे १२ बजेतिर शम्शेरगन्जगबाट उक्त टोली हिँडेको उनले बताए। 

शनिबार दिउँसो पौने २ बजेतिर  नदीमा नुहाउन गएका दङ्गीशरण गाउँपालिका–२ सिमलकुुना निवासी अन्दाजी १५/१६ वर्षीया रमा शाही र सल्यान दमाचौर घर भई दङ्गीशरण २ स्थित मामाघर आएकी अन्दाजी १४÷१५ वर्षीया गोमाचन्द बगेर बेपत्ता भएका हुन्।

तुलसीपुर उपमहानगरपालिका–११ र दङ्गीशरण गाउँपालिका–२ को सिमानामा पर्ने सोही क्षेत्रमा नुहाउन तीन किशोरी गएका थिए। तीमध्ये दुईजना पौडी खेल्न बीचमा गएको र अर्की दङ्गीशरण–२ सिमलकुना निवासी १३ वर्षीया निरुता बस्नेत छेउमै थिइन्। उनीहरु दुबैजना डुबेपछि  निरुताले स्थानीयवासीलाई खबर गरेकीले  स्थानीयले प्रहरीलाई बोलाएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad