राप्ती नदीमा बाढीले खतरा तह पार गरेको भन्दै बाँके जिल्ला प्रशासन कार्यालयले नदी तटीय क्षेत्रका बासिन्दालाई सजगता अपनाउन आग्रह गरेको छ।
अविरल वर्षाका कारण बाँकेस्थित पश्चिम राप्ती कुसुम जलमापन केन्द्रमा जल सतहले बुधबार साँझ साढे ५ बजे ६:४५ मिटर खतरा तह पार गरेको र बढ्दो क्रममा रहेको बाँके जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उक्त नदीमा पानीको सतह ५.४० मिटर पुग्दा खतरा मानिन्छ।
नदी किनारका सर्वसाधारणलाई सुरक्षित ठाउँमा जान र दाउरा छोप्न, नुहाउन तथा माछा मार्न नजान पनि प्रशासनले आग्रह गरेको छ।
हेर्नुहाेस् विज्ञप्ति :

60
Shares

प्रतिक्रिया