ad ad

लुम्बिनी


रुकुमपूर्वको भूमेमा बस दुर्घटना हुँदा ५ को मृत्यु, ४ जना गम्भीर घाइते

रुकुमपूर्वको भूमेमा बस दुर्घटना हुँदा ५ को मृत्यु, ४ जना गम्भीर घाइते

नेपालखबर
असोज ६, २०७९ बिहिबार १७:१७, रुकुम पूर्व

रुकुम पूर्वको भूमे गाउँपालिकामा बस दुर्घटना भएको छ। घटनामा ५ जनाको मृत्यु भएको छ। 

काठमाडौंबाट रुकुमपूर्व गइरहेको ग १ ख ९१०९ नम्बरको बस बिहीबार दिउँसो भूमे गाउँपालिकाको वडा नम्बर ३ मा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले नेपालखबरलाई बताए।

उनका अनुसार बसमा १७ जना यात्रु थिए। बस सडकबाट झण्डै १०० मिटर तल लुकुमघाट खोलामा खसेको छ।

‘हाम्रो गाउँपालिका कार्यालयनजिकै बस दुर्घटना भएको हो, ३ जनाको घटनास्थलमै मृत्यु भएको हो’, श्रेष्ठले भने, ‘एक जना बच्चाको अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको सूचना पाएँ। १७ जना यात्रु लिएर बस काठमाडौंबाट आइरहेको जानकारी आएको छ।’

दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ। मृत्यु भएकाको परिचय खुल्न बाँकी रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवरत्न पौडेलले बताए। 

घाइते १२ जना रहेको र त्यसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .