राप्ती नदीमा ठूलो बाढी आएपछि बाँके जिल्ला प्रशासन कार्यालयले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ।
प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले विज्ञप्ति जारी गरी बाँकेस्थित पश्चिम राप्ती कसुम जलमापन केन्द्रमा राप्ती नदीको जलसतहले खतरा तह पार गरेकोले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सूचना गरेको हो।
नदीमा दाउरा छोप्ने तथा माछा मार्ने कार्य नगर्न पनि अपिल गरिएको छ। बाढीको जोखिममा रहेका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानको पहिचान गरी तयारी अवस्थामा रहन पनि भनिएको छ।
असोज १, २०७९, शनिबार
45
Shares
प्रतिक्रिया