ad ad

लुम्बिनी


घनश्याम भुसालको नाम दुई क्षेत्रबाट सिफारिस भएपछि...

घनश्याम भुसालको नाम दुई क्षेत्रबाट सिफारिस भएपछि...

नेपालखबर
भदौ २१, २०७९ मंगलबार १०:१८, काठमाडौँ

नेकपा एमालेका नेता घनश्याम भुसालको नाम आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुपन्देहीका दुईवटा निर्वाचन क्षेत्रबाट सिफारिस भएपछि जिल्ला नेतृत्व अप्ठेरोमा परेको छ। 

भुसालको नाम रुपन्देहीका निर्वाचन क्षेत्र १ र ३ दुवैबाट क्षेत्रीय कमिटीले सिफारिस गरी जिल्ला कमिटीमा पठाएका हुन्। यसले गर्दा जिल्ला भुसालको नाम एउटा क्षेत्रबाट मात्र सिफारिस गराउन जिल्ला कमिटीलाई दबाब परेको हो।

यस विषयमा सोमबार दिनभर छलफल भए पनि सहमति हुन सकेन। छलफललाई आज पनि निरन्तरता दिइने नेताहरूले बताएका छन्। 

बैठकमा नेताहरूले भुसालको नाम क्षेत्रीय कमिटीबाट सिफारिस भएअनुसार २ क्षेत्रबाट पठाउँदा केन्द्रीय नेतृत्वको दबाब पर्ने देखेर भुसालको नाम रुपन्देही क्षेत्र नम्बर ३ बाट मात्रै पठाउने गरी छलफल अगाडि बढाइएको भए पनि भुसाललाई १ नम्बर क्षेत्रबाट निर्वाचन लडाउन चाहने स्थानीय नेतृत्व ३ बाट भुसालको नाम हटाएर १ मा मात्र सिफारिस गर्ने अडानमा रहँदा सहमति हुन नसकेको हो। 

भुसालको घर क्षेत्र नम्बर १ मा पर्ने भए पनि अघिल्लो चुनावमा उनी निर्वाचित भएको क्षेत्र नम्बर ३ बाट पनि नाम सिफारिस गरिएको हो। क्षेत्र नम्बर ३ बाट भुसालसँगै स्थानीय नेताहरू वासुदेव घिमिरे, दुर्गा भुसाल र पूर्वसांसद यज्ञजित शाहको नाम सिफारिस गरिएको छ। 

उता क्षेत्र नम्बर १ बाट भुसालसँगै छविलाल विश्वकर्माको नाम सिफारिस गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .