ad ad

लुम्बिनी


कांग्रेस लुम्बिनीका सभापति पुनः रोल्पाबाट संघ र प्रदेश दुवैतिर सिफारिस

कांग्रेस लुम्बिनीका सभापति पुनः रोल्पाबाट संघ र प्रदेश दुवैतिर सिफारिस

सुदीप भण्डारी
भदौ १९, २०७९ आइतबार ९:०, बुटवल

नेपाली कांग्रेसका लुम्बिनी प्रदेशसभापति अमरसिंह पुनको प्रतिनिधि सभा र प्रदेशसभा दुवैतिर नाम सिफारिस भएको छ। रोल्पाबाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ प्रदेश सभापति पुनसहित टेकबहादुर बस्नेत र शंकरबहादुर छन्त्यालको नाम सिफारिस भएको छ। 

तर प्रदेशसभा खको प्रत्यक्षतर्फ अमरसिंह पुनमगरको एकल नाम सिफारिस भएको छ। 

गठबन्धन दलबीच तालमेल हुँदा प्रतिनिधि सभामा रोल्पा माओवादी केन्द्रलाई पर्ने निश्चितजस्तै छ । जहाँबाट वर्षमान पुनले दाबी गरिरहेका छन्। कांग्रेस रोल्पाका सभापति किशोर आचार्यले संघ र प्रदेशसभामध्ये एउटा आफूहरुले दाबी गरेको बताए।

‘उहाँहरुले प्रतिनिधि सभाको क्षेत्र लिए हामीलाई दुवै प्रदेशको क्षेत्र छाड्नुपर्यो । होइन भने हामीलाई संघीय क्षेत्र दिनपर्यो भन्ने हो’, उनले भने।

तर कांग्रेसले रोल्पाको प्रदेशसभा ख लिने सम्भावना धेरै छ। जुन क्षेत्रबाट प्रदेशसभापति पुनको एकल सिफारिस परेको हो। उनी लुम्बिनीको मुख्यमन्त्री बन्ने प्रयास स्वरुप प्रदेशसभामा लड्ने तयारी गरेका हुन्।

केही दिनअघि बुटवलमा आयोजित कार्यक्रममा प्रदेशसभापति पुनले प्रदेशसभामा आफू लड्न सक्ने संकेत गरेका थिए।

‘रोल्पा रुकुम जस्ता जिल्लाको संघीय निर्वाचन क्षेत्रमा माओवादी केन्द्रको दाबी हुनु स्वाभाविक छ। हामी छोड्दैनौँ भनेर दाबी गर्दैनौं’, उनले भनेका थिए, ‘मेरो पार्टी र जिल्लाका साथीहरुले प्रदेशसभाको चुनाव लडेर मुख्यमन्त्रीको लागि तयारी रहन भन्छ अथवा चुनाव नलडेर संगठन हेर भन्छ भनेपनि ठिकै छ।’ 

कांग्रेस रोल्पाका सभापति आचार्यले पनि प्रस्तावित मुख्यमन्त्रीको रुपमा पुनलाई अघि सारीएको बताए।

‘मुख्यमन्त्री बन्ने गरी प्रदेशसभापतिलाई अगाडि सारेको हो, उनले भने, ‘यसअघि जिल्ला भरमा माओवादीको केही मत बढी हो। प्रदेशसभामा हामी प्रतिस्प्रधामै छौं।’

यस्तै प्रतिनिधि सभातर्फ पनि पुनको नाम सिफारिस भएको छ। पुनसहित  टेकबहादुर बस्नेत र शंकवहादुर छन्त्यालको नाम सिफारिस भएको छ। 

समानुपातिकतर्फ सुरेन्द्र हमाल र भीमकुमारी बुढामगरलाई सिफारिस गरिएको जिल्ला सभापति आचार्यले बताए।

प्रदेशसभाको क्षेत्र नंं क मा सिफारिस हुन भने बाँकी छ। यो क्षेत्रमा मानबहादुर खत्री, मनोजमणि आचार्य, दुर्गाबहादुर खडका, चन्द्रप्रकाश आचार्य, भीमकला बढाथोकी, पुष्पा श्रेष्ठ र नुर्जबहादुर खड्काको नाम प्राप्त भएको कांग्रेस रोल्पाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .