ad ad

लुम्बिनी


बुटवलमा पूर्वजनप्रतिनिधि र दलका प्रमुखलाई पनि कार्यकक्ष

मेयर पाण्डेद्वारा सय दिनका उपलब्धि सार्वजनिक
बुटवलमा पूर्वजनप्रतिनिधि र दलका प्रमुखलाई पनि कार्यकक्ष

सुदीप भण्डारी
भदौ १७, २०७९ शुक्रबार १७:२८, बुटवल

बुटवल उपमहानगरपालिकामा पूर्वजनप्रतिनिधि र दलहरुका लागि सम्पर्क कक्ष स्थापना गरिएको छ।

उपमहानगरको कार्यालयमा पूर्वनगप्रमुख, पूर्वनगर उपप्रमुख, गत चुनावका मेयरका उपविजेता, नगरस्तरीय दलका प्रमुखहरुको कक्ष स्थापना गरिएको हो।

गत स्थानीय चुनावबाट निर्वाचित भएर सय दिन पुरा भएको अवसरमा बुटवलका नगरप्रमुख खेलराज पाण्डेले सम्पर्क कक्षको उद्घाटन गरे।

बुटवललाई सबैको अपनत्व महसुस गराउने गरी राजनीतिक दल र नगरका पूर्व प्रमुख, उपप्रमुख, उपबिजेताहरुका सम्पर्क कक्ष स्थापना गरिएको नगर प्रमुख पाण्डेयले बताए।

उनले बुटवललाई सहमति, सहकार्य, एकता र मेलमिलापको नीति अंगिकार गर्दै साझा मञ्चका रुपमा स्थापिन गर्नका लागि साझा कक्ष स्थापना गरिएको बताए।

यसैबीच बुटवल उपमहानगरपालिकाले १ सय कार्यदिनका उपलब्धि सार्वजनिक गरेको छ। निर्वाचित जनप्रतिनिधिले पदस्थापन गरेको १ सय दिन पूरा भएको अवसरमा शुक्रबार एक कार्यक्रमका बीच नगरप्रमुख खेलराज पाण्डेयले १ सय दिनका उपलब्धि सार्वजनिक गरे।

कार्यक्रममा प्रमुख पाण्डेयले १ सय दिनको अवधिमा बुटवल १३ र १७ मा अक्सिजनसहितका २ अस्पताल, कृषि बजार केन्द्र स्थापना, आम्दा अस्पतालमा पीसीएल नर्सिङ अध्ययन, बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ डिप्लोमा अध्ययन, अटो भिलेजमा अटो इन्जिनियरिङ कलेज स्थापनाका लागि प्रक्रिया अघि बढेको बताए।

यस्तै, बुटवल बसपार्कमा बहुतले पार्किङ भवन निर्माणको अध्ययन, बुटवल ७ र ८ मा प्रदेशस्तरको हरियाली बसपार्क निर्माणका लागि जग्गा प्राप्तिको सहमति माग गर्ने काम अगाडि बढाइएको जानकारी दिए।

नगरप्रमुख पाण्डेयले डेंगु नियन्त्रणका लागि लार्भा नष्ट गर्ने र फगिङ गर्ने, विद्यार्थीहरुका लागि आयमूलक कार्यमा संलग्न गराउन ‘कमाउ र अध्ययन गर’ भन्ने कार्यक्रम नवरत्न माध्यमिक विद्यालय बुटवल–१५ मा सञ्चालन गरिएको, तिनाउ नदी किनारमा बाढीबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्नका लागि च्यानलाइज गर्ने र तारजाली लगाउने काम गरेको उल्लेख गरे।

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको विकासका लागि चरणबद्ध रुपमा योजनाहरु कार्यान्वयनमा जाने बताइन्। उनले बुटवललाई सहमति र सहकार्यका आधारमा सबैलाई साथ लिएर अघि बढ्ने बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .