कुलोको विषयमा विवाद र कुटपिट हुँदा कपिलवस्तुमा एक जनाको मृत्यु भएको छ।
जिल्लाको महाराजगञ्ज नगरपालिका–२ पडरियाका ६८ वर्षका अब्दुल जब्बार धुनियाको कुटपिटबाट मृत्यु भएको हो। स्थानीय अब्दुल हक मुसलमान र उनका छोरा २० वर्षको सम्सुद मुसलमानले धुनियालाई कुटपिट गरेका थिए।
कुटपिटबाट घाइते धुनियाको तौलिहवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कपिलवस्तुका प्रहरी प्रवक्ता डिएसपी जेसी शाहले जानकारी दिए।
घटनामा संलग्न बाबु छोरालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको उनले बताए।
138
Shares

प्रतिक्रिया