ad ad

लुम्बिनी


पत्नी र छोरासँगै खोलाले बगाएर बेपत्ता व्यक्ति मृत भेटिए

पत्नी र छोरासँगै खोलाले बगाएर बेपत्ता व्यक्ति मृत भेटिए

प्रतिकात्मक तस्बिर


नेपालखबर
साउन १८, २०७९ बुधबार १४:१३, कपिलवस्तु

खोलाले बगाएर बेपत्ता भएका दिलकुमार सुनारको शव आज फेला परेको छ। कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ बर्दवास्थित कोइली खोलाले मङ्गलबार सुनारका दम्पती र छोरालाई बगाएको थियो।  

वडा नं ७ बाँडीगाउँ बस्ने सुनारकी श्रीमती ३१ वर्षीया राममाया सुनारको शव मङ्गलबारै फेला परेको थियो। 

घटनामा सुनारका १२ वर्षीय छोरा निरजको भने स्थानीयले सकुशल उद्धार गरेका थिए। सुनारको शव आज बिहान कपिलधाम र भलवाड छेउमा रहेको कजवे क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .