ad ad

लुम्बिनी


स्रोत नखुलेको साढे १२ लाखसहित एक जना पक्राउ

स्रोत नखुलेको साढे १२ लाखसहित एक जना पक्राउ

नेपालखबर
साउन १६, २०७९ सोमबार १८:३२, बुटवल

रुपन्देहीमा स्रोत नखुलेका साढे १२ लाख रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बाइपासबाट भारत महाराजगञ्जका ४६ वर्षीय आशि साहुलाई प्रहरीले पक्राउ गरेको हो। 

लु ६ प ७१२९ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा आशिको साथमा श्रोत नखुलेको १ हजार दरका ११ सय थान, र ५ सय दरका ३ सय थान रकम फेला परेको रुपन्देहीका सहायक प्रहरी प्रवक्ता बेदबहादुर पौडेलले जानकारी दिए।

पक्राउ परेका आशीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .