ad ad

लुम्बिनी


एमालेका जनप्रतिनिधिद्वारा तिलोत्तमाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला

एमालेका जनप्रतिनिधिद्वारा तिलोत्तमाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला

सुदीप भण्डारी
साउन १, २०७९ आइतबार २०:३४, बुटवल

नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले तिलोत्तमा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन्।

उपप्रमुख जागेश्वरी देवी चौधरीको नेतृत्वमा गएका जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवालीको कार्यकक्षमा ताला लगाएका हुन्। ज्ञवालीले नगरसभा बैठकमा कांग्रेसको पक्षधरता देखाएको एमालेको आरोप छ।

आइतबार दिउँसो बसेको नगरसभा बैठक गणपुरक संख्या नपुगेको भन्दै नगरप्रमुख रामकृष्ण खाँणले बैठक स्थगित गरेका थिए।

एमालेले भने आफूहरु ४८ जना नगरसभामा उपस्थित भएको तर प्रमुख प्रशासकीय अधिकृतले हाजिर गर्न नदिएको आरोप लगाएका छन्।

बैठक स्थगित भएपछि एमालेका जनप्रतिनिधिले नाराबाजी गरेका थिए। नाराबाजीका क्रममा प्रहरीसँग झडप समेत भएको थियो।

प्रमुख प्रशासकीय अधिकृतको कामप्रति आफूहरुको आपत्ति रहेको एमालेबाट निर्वाचित कार्यपालिका सदस्य सुरेन्द्र श्रीले बताए।

आफूहरुले विरोधमा नाराबाजी गर्दा प्रहरीले आफ्ना जनप्रतिनिधिहरुलाई बल प्रयोग गरेको उनले बताए।

नगर उपप्रमुख जागेश्वरी देवी चौधरीले असार १० गते नगरपालिकाको बजेट प्रस्तुत गरेकी थिइन्। तर कांग्रेस र एमालेको विवादका कारण बजेट पारित हुन सकेको छैन।

साउन ३१ गते बजेट पारित गर्न बसेको बैठक पनि गणपुरक संख्या नपुगेको भन्दै स्थगित भएपछि एमालेले विरोध गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .