ad ad

लुम्बिनी


लुम्बिनीका मन्त्रालयको नाम हेरफेर

लुम्बिनीका मन्त्रालयको नाम हेरफेर

सुदीप भण्डारी
साउन १, २०७९ आइतबार २०:१२, बुटवल

लुम्बिनी सरकारले केही मन्त्रालयको नाम हेरफेर गरेको छ।

प्रदेश मन्त्रिपरिषदको बैठकले ४ मन्त्रालयको नाम छोटो बनाएको हो। जस मध्ये एउटा मन्त्रालयको थोरै हेरफेर भएको छ।

परिवर्तन भएर नयाँ नाम भएका मन्त्रालयहरूमा अर्थ तथा सहकारी मन्त्रालय, कृषि तथा भूमि व्यवस्था मन्त्रालय, शिक्षा तथा खेलकुद र स्वास्थ्य मन्त्रालय रहेको आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले बताए।

यसअघि यी मन्त्रालयको नाम क्रमशः आर्थिक मामिला तथा सहकारी, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था, शिक्षा विज्ञान प्रविधि युवा तथा खेलकुद र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय रहेको थियो।

यसअघि कानुन, महिला तथा बालबालिका मन्त्रालयमा रहेको कानुनको कार्य विभाजन आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयमा सारिएको छ। अब आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालय नाम भएको छ।

मन्त्रिपरिषदको बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठान (स्थापना तथा कार्यसञ्‍चालन आदेश) खारेज गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई जना हलुका सवारी चालकको अस्थायी दरबन्दी स्वीकृत गर्ने, प्रदेशमा विद्युतीय ऊर्जाको उत्पादन, प्रसारण र वितरण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृत प्रदान गर्ने, जगदीशपुर वर्ड स्याङ्चुअरी कार्ययोजना र व्यवस्थापन योजना स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .