ad ad

लुम्बिनी


विमला प्रकरण छानविन समिति भन्छ : तुल्सीपुरको घटना सुनियोजित जस्तो देखियो

विमला प्रकरण छानविन समिति भन्छ  : तुल्सीपुरको घटना सुनियोजित जस्तो देखियो

सुदीप भण्डारी
असार १८, २०७९ शनिबार १६:५७, काठमाडौँ

लुम्बिनी प्रदेशकी तत्कालिन स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीसँग सम्बन्धित घटनाबारे छानविन समितिले जेठ ३१ गते तुल्सीपुरको घटना सुनियोजित जस्तो देखिएको हुन सक्ने निष्कर्ष निकालेको छ।

साथै घटनामा राज्यमन्त्रीको हैसियतमा गरिएको विवादले विमलाको पनि कमजाेरी रहेको उल्लेख गरेको छ।

गत जेठ ३१ गते तत्कालीन राज्यमन्त्री विमला कुमारी वलीले दाङको तुल्सीपुरस्थित एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीमाथि हात पात गरेको आरोप लागेको थियो।

त्यसपछि लुम्बिनी प्रदेशको मन्त्रिपरिषदको बैठकले आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा छानविन कार्यदल गठन गरेको थियो।

कार्यदलले शनिबार प्रतिवेदन मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको छ। प्रतिवेदन बुझाउँदै शर्माले राज्यमन्त्री वलीलाई विवादमा पार्न नियोजित जस्तो देखिएको र वलीको पनि कमजाेरी  देखिएको बताए।

'प्रदेश सरकारको माननीय राज्यमन्त्री जस्तो व्यक्ति कुनै विवाहित व्यक्तिको घरमा गएर निजको श्रीमती र बालबालिकासँग विवाद गर्नु पदीय मर्यादाअनुसार कमजाेरी देखिन्छ।

उनले भने, तर घटनास्थलमा असम्बन्धित व्यक्तिको भीड जम्मा भएर अतिरंजित गर्ने कार्य भएको हुँदा घटना सुनियोजित हो कि शंका गर्ने आधार देखिन्छ।'

सापटी फिर्ता नहुँदा घटना
घटना छानबिनका लागि सरकारले आर्थिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा संयोजक, कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्ती र महान्याधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य रहेको समिति गठन गरेको थियो ।

समितिले सापटी रकम फिर्ता नहुँदाको नतिजा स्वरुप उक्त घट्ना घटेको निष्कर्ष निकालेको छ । समितिले प्रदेश सरकारको राज्यमन्त्री जस्तो गरिमामय पदमा आसीन व्यक्तिबाट सर्वसाधारण व्यक्तीको घरमा नगइ अन्य उपायदवारा रकम अशुली गर्नुपर्नेमा घरमै पुगेर उक्त व्यवहार हुनु पदीय मर्यादा अनुकुल नरहेको बताएको छ ।  
एकराज बस्नेतले घटनाको दिन राज्यमन्त्रीसँग टेलिफोनमा कुरा हुँदा घरमै छु भनी बोलाएको पाइएकाले घट्ना सुनियोजित हो कि भन्नेतर्फ थप अनुसन्धान गनुपर्ने देखिएको समितिका संयोजक मन्त्री तिलकराम शर्माले बताए । 

मुख्यमन्त्री  भन्छन्– नियोजित देखियो
मुख्यमन्त्री कुलप्रसाद केसीले विमलाकुमारी वली खत्रीको घटना विमलामाथि बेइज्यती गर्ने उदेश्यले भएको हुन सक्ने बताएका छन् । छानविन कार्यदलको प्रतिवेदन बुझेपछि केसीले घटना रेडिमेड जस्तो देखिएको दाबी गरे ।
‘कसैले त्यसको गुरुयोजना नै बनाएर उक्साहटपूर्वक बेइज्यत गर्ने उद्देश्यले संदिग्द क्रियाकलाप भएको भन्ने पनि केही मौखिक रिपोर्टबाट आएको छ’ केसीले भने, केही पत्रकारलाई पनि बोलाएको र गाउलेहरुलाई पनि तयार पारेर अर्कै ढंगले डाकिएको भन्ने पनि आएको छ।’

मुख्यमन्त्री केसीले मिडियामा आएजस्तो घटनाको प्रकृति नभएको दाबी गरे । उनले भने, ‘जति मिडियामा आएको छ, लछारपछार कुटपिट गरिएको भनेर हाइलाइट गरिएको छ, त्यो गलत रहेछ भन्ने देखाउँछ । स्वयं पीडित हुँ भन्नेले त्यतिसम्म त भएको होइन भन्ने कुरा घुमाउरो ढंगले स्वीकार्नुभएको छ।’ 
राज्यमन्त्रीका तर्फबाट पनि केही गलत भएको केसीको भनाइ थियो । उनले अब त्यस्तो गलत नजिर हुनेखालको भएमा कारवाहीका रुपमा अघि बढाउने बताए ।  
राज्यमन्त्री विमला वलीको कम्जोरी भएकाले कडा चेतावनीसहित सचेत गराउन छानविन समितिले मुख्यमन्त्री समक्ष सिफारिस गरेको छ ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .