बुटवलमा जंगली च्याउ खाएर ६ जना बिरामी भएका छन्। त्यसमध्ये ५ जना बेहोस अवस्थामा छन्।
बुटवल उपमहानगरपालिका १२ नयाँगाउँका २८ वर्षकी रिना विक, २८ वर्षीया कमला विक, ३८ वर्षीय विष्णु विक, ३३ वर्षीया दुर्गा विक र ८ वर्षकी बालिका सप्रिया विकलाई अस्पताल लगिएको छ। उनीहरु सबै बेहोस छन्।
५० वर्षीय हुमबहादुर विक पनि बिरामी छन्।
च्याउ खाएर बिरामी परेपछि आज बेलुका पौने ९ बजे उनीहरुलाई आफन्तले लुम्बिनी प्रादेशिक अस्पतालमा लगेका थिए।
102
Shares
प्रतिक्रिया