बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पाल्पामा एक जना पक्राउ परेका छन्।
जिल्लाको रिब्दीकोट गाउँपालिका–६ का भक्तबहादुर झेडीलाई प्रहरीले पक्राउ गरेको हो। सोही गाउँपालिकाकी १२ वर्षीया बालिकालाई असार ७ गते बेलुका उनले वाङसुरुङ सामुदायिक जंगलमा लगि जबर्जस्ती करणी गरेको प्रहरीले बताएको छ।
आइतबार पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएपछि झेडीलाई पक्राउ गरिएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र थापाले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।
93
Shares

प्रतिक्रिया