'रोपेको दिनदेखि म त हेर्न आएकी पनि थिइनँ। अहिले हेर्दा पो छक्क परेँ। पन्ध्र दिनमै हलक्क बढेर यत्रो भएछ– यो फूलको बिरुवा! अचम्म होइन त?' दंग पर्दै रचनाले भनिन्।
'ठूलो भएछ। खुसीको कुरा। तर यो अचम्मको विषय भने होइन। पर्याप्त चिस्यान भएको मलिलो माटोमा स्वस्थ्य बिउ नउम्रिनु र हलक्क नबढ्नु चै अचम्म हुन्थ्यो,' दीक्षान्तले भने।
उनी केही समयअघि मात्र भ्रष्टाचार विरोधी कार्यक्रममा सहभागी भएर भरखरै घर आइपुगेका थिए।
'ठेकदारले नयाँ घर बनाउन लागेछ है," दीक्षान्तले विषयान्तर हुँदै भने। फेरि थपे– 'ठेकदार आफूले कबोलेको पुल बनाउँदैन। बोलपत्र आह्वान भएका हरेक ठेक्कामा बोलपत्र हाल्न पनि छाड्दैन। टोलमा सबैभन्दा राम्रा घर उसैको हुन्छ; नयाँ गाडी उही चढ्छ। सत्तामा रहेका मान्छेसँग उसैको हिमचिम हुन्छ। ठूला कर्मचारीहरू उसकै घरमा आउजाउ गर्छन्; उसकै काम गर्छन्। ठेकदारले पुल अलपत्र पारेका कारणले जुत्ता फुकालेर खोला तर्ने तिमीहामी पनि उसैलाई नमस्कार गछौँ/मान्छौंँ।... भ्रष्ट सम्मानित हुने मलिलो समाजमा भ्रष्टाचार नबढोस्?'
रचना र दीक्षान्त दुईजना मात्र थिए– फूलबारीमा।
प्रसङ्गलाई पक्रेर रचनाले केही बोली मात्र दिए...
दीक्षान्त प्रतीक्षामा देखिन्थे।
Shares

प्रतिक्रिया