नेपाली साहित्यमा लामो समयदेखि कविता, गजल, गीत र प्रेरणादायी विचारमार्फत साहित्यप्रेमीको मन जित्दै आएका बहुप्रतिभाशाली साहित्यकार बसन्त चौधरी अब आख्यानको दुनियाँमा पनि प्रवेश गरेका छन्।
उनको पहिलो उपन्यास ‘देवयानी’ सार्वजनिक भएसँगै नेपाली साहित्यमा प्रेम, सम्बन्ध र आत्मसंघर्षबारे एक गहिरो र सशक्त छलफल सुरु भएको छ। उनका अन्य साहित्यिक सिर्जना झै देवयानीले समेत साहित्यप्रेमीमाझ चर्चा कमाइरहेको छ ।
साङ्ग्रिला बुक्सद्वारा प्रकाशित ‘देवयानी’ उपन्यास प्रेमको मनोविज्ञान, नारी चेतना, र पुरुषको भित्री द्वन्द्व वरपर घुम्छ। उपन्यासको मूल कथावस्तु दुई फरक परिवेश र जीवन–दृष्टिकोण भएकी नारीहरू र उनीहरूसँग सम्बन्धित पुरुष पात्रको भित्र–बाहिरको संसारलाई चित्रण गरेको छ।
उपन्यासमा करिब २०० पृष्ठ छन्। सामाजिक मनोवैज्ञानिक शैलीमा उपन्यास लेखिएको छ।
Shares

प्रतिक्रिया