ad ad

साहित्य


नेपाल-चीन सम्बन्धमा केन्द्रित सुधीर शर्माका दुई पुस्तक सार्वजनिक

नेपाल-चीन सम्बन्धमा केन्द्रित सुधीर शर्माका दुई पुस्तक सार्वजनिक

नेपालखबर
भदौ ३०, २०८१ आइतबार १८:३०, काठमाडौँ

पत्रकार तथा लेखक सुधीर शर्माका दुईवटा पुस्तक एकैसाथ सार्वजनिक भएका छन्।

आइतबार काठमाडौँमा आयोजित कार्यक्रमका बीच शर्माका दुई पुस्तकहरू ‘भिक्षु, व्यापार र विद्रोह : नेपालको भोट–चीन सम्बन्ध र भारत’ र ‘हिमालपारिको हुरी : गणतन्त्रपछि फेरिएको नेपाल–चीन सम्बन्ध’ सार्वजनिक गरिएको हो। 

चीन एवं तिब्बतसँग नेपालको सम्बन्धका विषयमा पुस्तक केन्द्रित छन्।

पुस्तक विमोचन कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेल नेपाल–चीन मामिलाकी जानकार डा. लीला न्याइच्याई, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले मन्तव्य राखेका थिए। 

परापूर्वकालदेखि नै संस्कृति, व्यापार, परम्परा, धर्मलगायत कुरामा उत्तरतिर पनि सम्बन्ध छ है भन्ने कुरा तथ्यसहित पुष्टि भएको महासचिव पोखरेलले बताए। साथै उनले यस क्षेत्रको विकासलाई पश्चिमा आँखाले हेर्नु नपर्ने र एसियाको आफ्नै दृष्टिकोण निर्माण हुँदै गएको उनको भनाइ थियो।

‘बदलिएको विश्व परिवेशका सन्दर्भका बारेमा एसियाको विकासका सम्भावनाका बारेमा एसियाकै ज्ञान, सिद्धान्तमा आधारित विश्व व्यवस्थाको निर्माणका सन्दर्भका बारेमा हामीले विमर्श सुरु गर्नुपर्छ भन्ने लाग्छ। त्यस अर्थमा नयाँ विश्व व्यवस्थाका सर्जकका रूपमा हाम्रा दुईवटा छिमेकीहरू अगाडि आउन खोजिरहेका छन्, चीन र भारत। स्वाभाविक रूपमा चीन र भारतको बढ्दो विकासका कारणले गर्दा पश्चिमा दृष्टिकोणको असर नेपालको राजनीतिमा परिरहेको छ,’ उनले भने।

त्यस्तै, नेपाल–चीन मामिलाकी जानकार डा. न्याइच्याईले एउटा पत्रकार इतिहासकार बनेको ऐतिहासिक घटनाका रूपमा पुस्तक विमोचन कार्यक्रमलाई लिएको बताइन्। 

कांग्रेस महामन्त्री थापाले आफ्नो स्मृतिको खुत्रुकेमा शर्माका यी दुई पुस्तकका पनि केही विषयवस्तु रहने बताए। 

रास्वपा उपसभापति वाग्लेले विगतको लामो समयको इतिहास मात्र नभएर यी पुस्तकले भविष्यतिर हेर्नुपर्छ भनेर दिशानिर्देश गरेको धारणा राखे।

लेखक शर्माले नेपाल–चीन सम्बन्धलाई कतै पनि नढल्किई स्वतन्त्र आँखाले हेर्ने र तथ्यहरू प्रस्तुत गर्ने जमर्को गरेको बताए।

शर्माका यी दुई पुस्तक किताब पब्लिर्सले बजारमा ल्याएको हो।

‘भिक्षु व्यापार र विद्रोह : नेपालको भोट–चीन सम्बन्ध र भारत’को प्रतिमूल्य ८९९ रुपैयाँ राखिएको छ। ‘हिमालपारिको हुरी : गणतन्त्रपछि फेरिएको नेपाल–चीन सम्बन्ध’को प्रतिमूल्य ६९९ रुपैयाँ कायम छ। 

शर्माका यसअघि ‘प्रयोगशाला’ र ‘नेपाल नेक्सस’ पुस्तक प्रकाशित भएका थिए। ती पुस्तक नेपाली राजनीतिमा भारतीय प्रभावमाथि केन्द्रित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .