ad ad

साहित्य


‘इतिहासअघिको इतिहास’ लिएर आए मानवशास्त्री ढकाल

‘इतिहासअघिको इतिहास’ लिएर आए मानवशास्त्री ढकाल

नेपालखबर
साउन १९, २०८१ शनिबार १२:८, काठमाडौँ

मानवशास्त्री सुरेश ढकालको नयाँ पुस्तक ‘इतिहासअघिको इतिहासः सांस्कृतिक उद्विकासको मानवशास्त्रीय वृत्तान्त’ सार्वजनिक भएको छ। 
 
नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा शुक्रबार आयोजित पुस्तक विमर्श कार्यक्रमकाबीच उक्त पुस्तक सार्वजनिक गरिएको हो। 

अध्येताहरू अनुभव अजीत, कैशाल राई र सविन निङलेखु तथा लेखक ढकालले पुस्तक सार्वजनिक गरेका हुन्। उनीहरूले पुस्तकको चर्चा समेत गरेका थिए।



लेखक ढकालका अनुसार पुस्तक  इतिहास लेखनको लेख्य परम्पराभन्दा अघिको समय र मानव संस्कृतिबारे केन्द्रित रहेको छ। 

करिब २५ लाख वर्षअघि भएको 'सांस्कृतिक आविष्कार, विस्तार र परिवर्तन'बारे पुस्तकमा चर्चा गरिएको उनको भनाइ छ। 

पुस्तक ‘इन्डिगो इन्क पब्लिकेशन’ले प्रकाशन गरेको हो।


प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .