ad ad

साहित्य


‘तिब्बतियन मुस्ताङ अ कल्चरल रेनेसा’ सार्वजनिक

‘तिब्बतियन मुस्ताङ अ कल्चरल रेनेसा’ सार्वजनिक

नेपालखबर
जेठ ६, २०८१ आइतबार १७:४५, काठमाडौँ

मुस्ताङमा दुई दशक बिताएका इटालियन नागरिक लुइगी फेइनी र अमेरिकी नागरिक केन्नथ पार्करले ‘तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ शीर्षकको चित्र पुस्तक प्रकाशनमा ल्याएका छन्।

जर्मनीको हिरमरले प्रकाशन गरेको सो पुस्तक आज यहाँ आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरियो। मुस्ताङमा २० वर्ष बस्दा लुइगीले बसेर प्रत्यक्ष अवलोकन तथा अध्ययन गरी त्यहाँका गुम्बाभित्रका चित्रकला र ल्याण्डस्केप पुस्तकमा समावेश गरिएको जानकारी दिए।

पुस्तक सार्वजनिक गर्र्दै उहाँले पाठकमाझ मुस्ताङमा बिताएका समय स्मरण गरे। 

‘नेपालमा धेरै सुन्दर स्थान छन्’, उनले भने, ‘तर मलाई मुस्ताङको सौन्र्दयले बढी आकर्षित ग¥यो।’

पुस्तकमा मुस्ताङको धर्म, संस्कृति, परम्परा र त्यहाँको जनजीवन झल्किने तस्बिर समावेश गरिएको उनको भनाइ छ।

बज्र बुक्सका प्रमुख  विदुर डङ्गोलले मुस्ताङलाई विश्वमा चिनाउन पुस्तक सहयोगी बन्नसक्ने धारणा राखे। पहिलो चरणमा तीन हजारप्रति बजारमा आएको पुस्तकको मूल्य रु १२ हजार तोकिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .