ad ad

साहित्य


सुनसरीका टीका आत्रेयको कविता प्रथम

सुनसरीका टीका आत्रेयको कविता प्रथम

नेपालखबर
असार १०, २०७९ शुक्रबार १५:२९, काठमाडौँ

नेपाल प्रज्ञा प्रतिष्ठानको ६५ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कविता महोत्सवमा सुनसरीका टीका आत्रेयको ‘सङ्कल्प’ शीर्षकको कविता पहिलो भएको छ ।

यसैगरी धादिङका यात्रीप्रकाश पाण्डेको ‘आगोमा फुलेको देश’ दोस्रो भएको छ । यसैगरी तेस्रो हुने कवितामा भक्तपुरकी सीता तुम्खेवाको ‘चरिसो फूल’, सुनसरीका किरन सिवाको ‘बुबाको सिलाइ मेसिन’ र अछामका कमलराज केसीको ‘सपना उम्रन्छ माटोमा’ गरी तीन कविता परेका छन् ।

पहिलो हुनेलाई रु ५० हजार, दोस्रो हुनेलाई रु ४० हजार र तेस्रो हुने कवितालाई रु ३० हजार पुरस्कार दिइने प्रतिष्ठानले जनाएको छ ।

विसं २०२२ देखि प्रतिष्ठानले कविता महोत्सव आयोजना सुरु गरेको हो । यो ५३ औँ कविता महोत्सव हो ।

महोत्सवमा भाग लिने ५८८ कविताले आवेदन दिएकामा ३० कविता छनोट भएका थिए ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .