ad ad

जीवनशैली


वीर अस्पतालमा प्रधानमन्त्रीको दाँतमा आरसीटीपछि लगाइँदै छ क्राउन

वीर अस्पतालमा प्रधानमन्त्रीको दाँतमा आरसीटीपछि लगाइँदै छ क्राउन

फोटो : प्रधानमन्त्रीको निजी सचिवालय


नेपालखबर
जेठ १६, २०८१ बुधबार १७:२९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दाँतको उपचारका लागि पुनः वीर अस्पताल गएका छन्। 

उनको दाँतमा आरसीटी (रूट क्यानल ट्रिटमेन्ट) गरिएको छ। अस्पतालको दन्त विभागबाट प्राप्त जानकारीअनुसार, प्रधानमन्त्री प्रचण्डका ४ वटा दाँत भरिएको छ। ती दाँतमा अहिले क्राउन हाल्ने काम गरिँदै छ। 

‘क्राउन हाल्नका लागि कटिङ गरी नाप लिइसकेको छ,’ उपचारमा संलग्न एक चिकित्सकले नेपालखबरलाइ भने, ‘३ वटा दाँतको कटिङ गरिएको हो तर क्राउन राखेपछि ४ वटै दाँतका लागि त्यसले काम गर्छ।’ 

गत वैशाख २६ गते बिहानैदेखि दाँत दुख्न थालेपछि उनी उपचारको लागि वीर अस्पताल पुगेका थिए। आज उनी पुनः फलोअपका लागि पुगेका हुन्।

डा. सञ्जय शाह, ईश्वरी श्रेष्ठ र रामबाबु महतो लगायतको टोली उपचारमा संलग्न छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .