वीर अस्पतालले राष्ट्रिय ब्रेन ट्युमर केन्द्रको स्थापना गरेको छ। ब्रेन ट्युमर भएका बिरामीको एकै ठाउँमा सहज र प्रभावकारी उपचार हुने उद्देश्यका साथ वीर अस्पतालले राष्ट्रिय ब्रेन ट्युमर केन्द्रको स्थापना गरेको हो।
केन्द्रको स्थापनासँगै एक साताका लागि ब्रेन ट्युमरका बिरामीको निः शुल्क शल्यक्रिया हुने अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए।
सेन्टरको स्थापनाले ब्रेन ट्युमर भएका बिरामीको सहज, गुणस्तरीय र छिटो उपचार सम्भव हुने वीर अस्पतालका न्युरो सर्जरी विभागका प्रमुख प्राडा राजीव झाले बताए।
अस्पतालमा अधिकांश बिरामी ट्युमर ठूलो भइसकेपछि मात्र उपचारका लागि पुग्ने गरेको उनले बताए।
डा. झाका अनुसार, वीर अस्पतालमा भने ट्युमर ठूलो भएपछि मात्र अधिकांश बिरामी आउने गरेका छन्।
वीर अस्पतालमा ब्रेन ट्युमरको मात्रै ७०० भन्दा बढी शल्यक्रिया भइसकेको उनले बताए।
Shares
प्रतिक्रिया