जीवनशैली


विश्वभर एक्लै उडान भर्ने सबैभन्दा कान्छो पाइलट बन्न लागेका यी किशोर

विश्वभर एक्लै उडान भर्ने सबैभन्दा कान्छो पाइलट बन्न लागेका यी किशोर

नेपालखबर
भदौ ७, २०७९ मंगलबार २२:१५, काठमाडौँ

बेलायतका एक १७ वर्षीय किशोर सानो विमानमा एक्लै विश्वभर उड्ने सबैभन्दा कान्छो व्यक्ति बन्ने भएका छन्। मंगलबार उनी दक्षिणी बेल्जियममा अवतरण भएका छन्।

यही विश्व यात्राका क्रममा १७ लागेका उनी बेल्जियममा आफूले उडान सिकेकै बुजेट एअरस्ट्रिपममा अवतरण भएका हुन्।

बुधबार उनी बुल्गेरियामा अवतरण हुने योजनामा छन्। त्यसो भए उनले बेलायतका ट्राभिस लड्लोको रेकर्ड तोड्नेछन्। जसले १८ वर्षको उमेरमा २०२१ मा यो कीर्तिमान कायम गरेका थिए।

विश्वको सबैभन्दा तीव्र गतिको अल्ट्रालाइट विमानमध्ये एक मानिने सार्कमा उडिरहेका छन् रुदरफोर्ड। जसको गति प्रतिघण्टा ३ सय किलोमिटरसम्म पुग्न सक्छ। सामान्यत यो जहाज दुई सिटे हुन्छ। तर अहिले उनको सिटनजिकै इन्धनको ट्यांक राखिएको छ।

उनकी १९ वर्षीया दिदी जारा रुदरफोर्डले यस्तै विमानमा गत जनवरी २० मा एक्लै विश्व घुम्ने सबैभन्दा कान्छी महिलाको कीर्तिमान राखेकी थिइन्।

म्याकले हालसम्म पाँच महादेशका ५२ मुलुक टेकिसकेका छन्। 

‘दुईदेखि तीन महिना लाग्नुपर्नेमा अहिले पाँच महिना भइसकेको छ,’ उनले भनेका छन्। 

भिसालगायत कागजातका काममा अलमल भएको उनको भनाइ छ।

उनी सो विमानमा अफ्रिका, खाडी, भारत, चीन, दक्षिण कोरिया, जापान हुँदै अलास्काबाट मेक्सिको पुगेका थिए।

त्यसपछि क्यानडा हुँदै आन्ध्र महासागर तरेर बेलायत र बेल्जियम पुगेका हुन्। 

मौसमले साथ दिए बुधबार उनी स्लोभाकिया हुँदै बुल्गेरियाको राजधानी सोफिया पुग्नेछन्। एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .