जीवनशैली


दमका रोगीले कस्तो खानेकुरा खाने, कस्तो नखाने?

दमका रोगीले कस्तो खानेकुरा खाने, कस्तो नखाने?

नेपालखबर
असार १९ , काठमाडौँ

दमको समस्या भएका मानिसको श्वास नली साँघुरो भएको हुन्छ। यसले विभिन्न किसिमले मानिसको दैनिक जीवनमा समस्या उत्पन्न गरिरहेको हुन्छ। यसले मानिसको ऊर्जा मात्र घटाउँदैन, निद्रासमेत नपर्ने समस्या हुन्छ। जसका कारण मानिसको रोग प्रतिरोधी शक्ति क्षीण हुनुका साथै अन्य घातक रोगको समस्या पनि हुन सक्छ।

दमलाई घटाउने कुनै विशेष खाना छैन । तर, राम्रो पौष्टिक आहारको अभावमा दमको रोग भएका मानिसको अवस्था झन् खराब हुँदै जान्छ। त्यसैले सही खानाको छनोट गर्न सके दमबाट केही हदसम्म बच्न सकिन्छ।

अध्ययनका अनुसार भिटामिन सी र ई, म्याग्नेसियम, सेलेनियम, बेटा–क्यारोटिन र ओमागा–३ फ्याटी एसिडजस्ता तत्व भएको खाना खाने मानिसलाई दमको समस्या कम हुन्छ। त्यस्तै सानोमा अंगुर, स्याउ र टमाटरजस्ता फलफूल प्रशस्त मात्रामा खाएका मानिसमा दमको समस्या कम हुन्छ।

दम भएका मानिसले के खाने?

  • दमको समस्या भएका मानिसले पर्याप्त मात्रामा ताजा फलफूल, तरकारी, गहुँ, गेडागुडी, दाल खानुपर्छ। त्यस्तै। चामल, ब्रो काउली, आलु, गाजर, मेथीको पात, प्याज, लसुन, अदुवा, सुन्तला, अंगुर, किबीजस्ता खानेकुरा खानुपर्छ।
  • भिटामिन डी बढी भएका खानाहरु दूध, अण्डा र सुन्तलाको जुस पनि दमरोगीका लागि फाइदाजनक हुन्छ। यसले श्वासनली फुल्नबाट रोक्छ। केरामा पोटासियम हुन्छ र यसले फोक्सोको कार्यमा सहयोग गर्छ। त्यस्तै भिटामिन ई भएका खानेकुरा पनि फाइदाजनक हुन्छ।
  • त्यस्तै बदाम, पनीर, दही र घिउ पनि फाइदाजनक हुन्छ। स्याउ र अंगुरमा एन्टिअक्सिडेन्ट तत्वहरु हुन्छ, जसले पनि शरीरका नसालाई फुल्नबाट बचाउँछ।

खान नहुने चिजहरु

  • फास्ट फुड, जंक फुड, चिल्लोपिरो खानेकुरा खानु हुँदैन। यसले खोकी तथा नसा सुन्निने समस्या बढाउँछ।
  • त्यस्तै सोडा, केक, चकलेट, जुस र अन्य कृत्रिम मिठाइहरु भएको खानेकुरा खानुहुँदैन। यसले फोक्सोको अवस्था झन् खराब गर्न सक्छ।
  • अल्कोहल, अमिलो पिरो बढी भएको अचार र लेमन जुसजस्ता खानेकुराले पनि फोक्सोलाई राम्रो गर्दैन।
असार १९, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.