ad ad

जीवनशैली


गर्मीयाममा घरलाई कसरी राख्ने शीतल?

गर्मीयाममा घरलाई कसरी राख्ने शीतल?

घरको कोठा (प्रतिनिधिमूलक तस्बिर)


नेपालखबर
असार १६, २०७९ बिहिबार १३:५१, काठमाडौँ

गर्मीयाम बढेसँगै घरभित्र बस्नु पनि सजिलो हुँदैन। बाहिरी तापक्रम नै बढेपछि स्वाभाविक रुपमा नै घरभित्रको तापक्रम बढ्ने भए पनि केही हदसम्म गर्मीमा घरलाई शीतल राख्न सकिन्छ।

यहाँ गर्मीयाममा घरभित्रको तापक्रम केही हदसम्म व्यवस्थापन गर्ने उपाय उल्लेख छ– 

दिउँसो झ्यालहरु बन्द राख्नु
दिउँसोको समयमा घरबाहिर घाम लागेको समयमा अत्यधिक तातो हुन्छ। यस्तोमा झ्याल/ढोका खुला राख्नाले बाहिरको तातो हावाले घरभित्रको वातावरण पनि तातो गराउँछ। त्यस्तै घरका झ्याल बन्द नगर्दा घरभित्र पुग्ने सूर्यको किरणले पनि घरको तापक्रम बढाउँछ। 

रातिको समयमा झ्याल खुला राख्नु 
घाम अस्ताएसँगै बाहिरको तापक्रम पनि घट्दै जान्छ। त्यसैले रातिको समयमा गर्मीयाममा झ्याल खुला राख्नुपर्छ।

यसो गर्दा बाहिरको शीतल हावा भित्र आउँछ र घरभित्र गुम्सिएको तातो हावा बाहिर निस्किन पाउँछ। यसले घरलाई शीतल राख्न सहयोग पुर्‍याउँछ। 

विद्युतीय सामग्रीको प्रयोग कम गर्नु 
घरमा प्रयोग हुने विद्युतीय सामग्रीले पनि अत्यधिक मात्रामा ताप उत्सर्जन गर्छन्। त्यसैले रातभर विद्युतीय डिभाइसहरु चार्जमा राख्ने गर्नुहुँदैन। सम्भव भएसम्म यस्ता डिभाइसलाई बन्द गरेरै राख्नु राम्रो हुन्छ। 

बत्तीको प्रयोग कम गर्नु 
अन्य विद्युतीय सामग्रीजस्तै बत्तीले पनि तापक्रम बढाउँछ। रातभर बत्ती बाल्नाले पनि घरको तापक्रम बढ्न सक्छ। पछिल्लो समय कम तापक्रम फाल्ने बत्तीहरु बजारमा आएका छन् तर ती बत्तीले पनि केही न केही मात्रामा ताप उत्सर्जन गर्छन्। 

हाउस प्लान्ट राख्नु 
घरभित्रै गमलामा रोपिने बिरुवा तथा तरकारीले पनि गर्मीयाममा कोठालाई शीतल राख्न सहयोग पुर्‍याउँछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .