कोशी


कोसी प्रदेश सरकारद्वारा आयोजना बैंक कार्यविधि स्वीकृत

कोसी प्रदेश सरकारद्वारा आयोजना बैंक कार्यविधि स्वीकृत

नेपालखबर
चैत २, २०८२ सोमबार १३:१७, ​विराटनगर

कोसी प्रदेश सरकारकाे मन्त्री परिषद् बैठकले आयोजना छनोट तथा वर्गीकरण र आयोजना बैंक व्यवस्थापन सम्बन्धी कार्यविधि २०८२ लाई स्वीकृत गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को आर्थिक, सामाजिक तथा पूर्वाधार समितिबाट परिमार्जन भई आएको उक्त कार्यविधिलाई सरकारले अन्तिम रूप दिँदै कार्यान्वयनमा लैजाने बाटो खोलेको हो।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीका अनुसार, बैठकले प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयकलाई पनि प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ। ​यसैगरी, सरकारले प्रदेशको व्यवसायिक क्षेत्रलाई व्यवस्थित गर्न कोशी प्रदेश निजी तथा साझेदारी फर्म दर्ता (दोस्रो संशोधन) नियमावली २०८२ लाई समेत स्वीकृत गर्ने निर्णय गरेको मन्त्री पराजुलीले जानकारी दिए।

बैठकले वैदेशिक भ्रमणका सम्बन्धमा निर्णय गर्दै भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेमजुङको हङकङ भ्रमणलाई अनुमति प्रदान गरेकाे छ।  गैरआवासीय नेपाली संघ र नेपाली महिला संघ हङकङले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ जान लागेकि हुन्। उक्त भ्रमणको सम्पूर्ण दैनिक तथा भ्रमण खर्च आयोजक स्वयंले बेहोर्ने निर्णयमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad