जनता समाजवादी पार्टीकी नेता एवम् स्वास्थ्य मन्त्री निर्मला लिम्बु काेशी प्रदेश नामाकरण प्रस्तावकाे लागि मतदान विभाजनमा सहभागी हुन पाइनन्।
उनी बुधबारको संसद बैठकमा बोल्ने क्रममा कोशी नाम राखेर पहिचान खोसिएको भन्दै रोएकी थिइन्।
मर्यादापालकले प्रदेश सभामा प्रवेशमा राेकेपछि मन्त्री लिम्बू पदेश सभा परिसरबाट फर्केकी थिइन्।
नेकपा एमाले सांसद रामबहादुर मगरले काेशी प्रदेश नाम प्रस्ताव गरेका थिए। उनले गरेकाे प्रस्तावमाथि मतदान हुँदा बहुमत आएको छ।
प्रदेश १ काे नाम काेशी प्रदेश राख्न गरिएको प्रस्तावको पक्षमा ८२ र विपक्षमा ४ मत परेकाे छ। मतदान प्रकियामा चारजना प्रदेश संसद अनुपस्थित रहे।


प्रतिक्रिया