कोशी


एमाले गठबन्धन गर्दैन, सत्तारुढ दलहरुसँग एक्लै भिड्छ : ईश्वर पोखरेल

एमाले गठबन्धन गर्दैन, सत्तारुढ दलहरुसँग एक्लै भिड्छ : ईश्वर पोखरेल

नेपालखबर
साउन ३, २०७९ मंगलबार १७:८, काठमाडौँ

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकार हरेक क्षेत्रमा असफल भएको बताएका छन्। 

प्रेस चौतारी नेपाल प्रदेश १ कमिटीले मङ्गलबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष पोखरेलले आर्थिक विकास, समृद्धि, देश बनाउने सपना जागृत गर्ने विषयमा सरकार नालायक सावित भएको बताए।

उनले राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, अखण्डता, सामाजिक सद्भावका सवालमा सरकार चुकेको पनि जिकिर गरे।

फरक प्रसंगमा पोखरेलले आगामी निर्वाचनमा एमालेले राष्ट्रियस्तरको गठबन्धन नगर्ने पनि बताएका छन्। 

'राष्ट्रियस्तरको गठबन्धन बनाउने पक्षमा छैनौँ, सम्भावना पनि छैन', उनले भने, 'स्थानीय आवश्यकता अनुसार तालमेल भने हुनेछ।'

वाम गठबन्धन भनेर प्रिय लाग्ने शब्द प्रयोग गरेर मात्रै नहुने नेता पोखरेलले बताए। उनले कसैले चाहेर पनि एमालेलाई एक्ल्याउन नसक्ने पनि बताए। 

सत्ताधारी दलहरू निर्वाचनमा गठबन्धन गरेर आए एमाले सामना गर्न तयार रहेको नेता पोखरेलले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad