ad ad

कोशी


कोशी प्रदेशले कुन क्षेत्रमा कति गर्‍यो विनियोजन?

कोशी प्रदेशले कुन क्षेत्रमा कति गर्‍यो विनियोजन?

बजेट सार्वजनिक गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्की। तस्बिर : मुख्यमन्त्रीको सचिवालय


नेपालखबर
जेठ ३२, २०८० बिहिबार १७:५०, काठमाडौँ

कोशी प्रदेश सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ।

अध्यादेशमार्फत सार्वजनिक गरिएको बजेटमा उद्योग क्षेलाई बढी प्राथमिकतामा राखिए छ। 
 
बिहीरबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक मामिला मन्त्रालयमा सार्वजनिक गरेको बजेटअनुसार उद्योग क्षेत्रका लागि ४३ करोड २३ लाख बजेट विनियोजन गरिएको छ।

सडक पूर्वाधार विकासका लागि सरकारले ११ अर्ब ४१ करोड विनियोजन भएको छ। 

बजेटमा खानेपानी, सिँचाइ तथा ऊर्जा क्षेत्रका लागि ५ अर्ब ४३ करोड, स्वास्थ्य क्षेत्रमा ३ अर्ब ७ करोड विनियोजन गरिएको छ।

शिक्षा र सामाजिक क्षेत्रमा १ अर्ब ७९ करोड बजेट विनियोजन भएको छ। उता  वन तथा वातावरण क्षेत्रमा १ अर्ब ८१ करोड विनियोजन भएको छ। 

प्रदेश सरकारले सुशासनतर्फ ९७ करोड बजेट विनियोजन गरेको जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .