कोशी


उद्योग वाणिज्य महासंघ कोसीको नेतृत्वका लागि राउत र रिजालबीच प्रतिस्पर्धा हुँदै

उद्योग वाणिज्य महासंघ कोसीको नेतृत्वका लागि राउत र रिजालबीच प्रतिस्पर्धा हुँदै

नेपालखबर
चैत २२, २०८२ आइतबार १५:१५, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको आठौँ प्रदेश सभा आजदेखि प्रदेश राजधानी विराटनगरमा हुँदैछ। प्रदेश प्रमुख पर्शुराम खापुङले उद्घाटन गर्ने तय भएको यस सभाले आगामी नयाँ कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ। 

विशेष गरी नेतृत्व चयनका विषयमा वर्तमान अध्यक्ष राजेन्द्र राउत र मोरङ व्यापार संघका पूर्वअध्यक्ष एवं महासंघका केन्द्रीय सदस्य नवीन रिजालबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

हालसम्म सर्वसम्मत नेतृत्वका लागि गरिएका विभिन्न प्रयासहरूले सार्थक रूप लिन नसकेपछि निर्वाचनको सम्भावना बलियो बनेर गएको हो। दुवै पक्ष आ–आफ्नो समूह निर्माण गरी चुनावी मैदानमा उत्रने तयारीमा छन्।

वर्तमान अध्यक्ष राजेन्द्र राउतले आफ्नो कार्यकालमा कोसी प्रदेशलाई देशभरिकै उत्कृष्ट प्रदेश बनाउन सफल भएको दाबी गर्दै अधुरा योजनाहरू पूरा गर्न आफू पुनः दोहोरिने इच्छा व्यक्त गरेका छन्। उनले विशेष गरी आफ्नै कार्यकालमा जग्गा खरिद गरी निर्माण प्रक्रिया अघि बढाइएको महासंघको प्रदेश भवनलाई पूर्णता दिनु आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन्।

भोजपुर र त्रियुगामा भएका छलफलहरूमा धेरैजसो जिल्ला–नगर अध्यक्षहरूले आफ्नो निरन्तरतामा समर्थन जनाएको जिकिर गर्दै राउतले उद्योगी व्यवसायीहरूको आग्रहमा नै आफू मैदानमा आएको प्रष्ट पारेका छन्।

​अर्का नवीन रिजालले भने वर्तमान आर्थिक संकट र निजी क्षेत्रले भोगिरहेका जटिल समस्याहरूलाई राज्यको माथिल्लो निकायसम्म पुर्‍याएर ठोस समाधान खोज्न आफ्नो उम्मेदवारी रहेको बताएका छन्।

उनले संस्थागत सुधार र व्यवसायीको हितका लागि नवीन योजनाहरू अघि सार्दै प्रदेशको नेतृत्व सम्हाल्ने व्यक्तिले आफ्नै क्षेत्रमा सम्पर्क सचिवालय स्थापना गरी कार्यसम्पादन गर्न पाउने व्यवस्था मिलाउने प्रतिबद्धता समेत जनाएका छन्। निर्माणाधीन प्रदेश भवनलाई समयमै सम्पन्न गर्ने विषयमा रिजालको पनि जोड रहेको छ। 

निर्वाचनमा १४ जिल्लाका ३८ जिल्ला–नगर उद्योग वाणिज्य संघ, १४९ एसोसिएट सदस्य र १९ वस्तुगत संघ गरी कुल २०६ जना मतदाताले मतदान गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad