कोशी


सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि बसेका युवकको मृत्यु

सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि बसेका युवकको मृत्यु

नेपालखबर
चैत १६, २०८२ सोमबार ११:११, इनरुवा (सुनसरी)

सुनसरी इटहरी उपमहानगरपालिका-१३ काली मन्दिरनजिक मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

दुर्घटनामा दुहबी नगरपालिका-९ का २२ वर्षीय विपिन चौधरीको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए। 

प्र१–०२–०४८प ७९३८ नम्बरको मोटरसाइकल गएराति दुर्घटना हुँदा पछाडि सवार विपिन गम्भीर घाइते भएका थिए।

घाइतेको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक दुहबी-९ का २२ वर्षीय विप्लव चौधरी सामान्य घाइते भएका छन्।

उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

तीव्र गतिका कारण दुर्घटना भएको र यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad