नेपाली कांग्रेस सङ्खुवासभा पार्टी कार्यालयमा ‘अन्तरघाती’ नेता कार्यकर्ता विरुद्धको बोर्ड टाँगिएको छ। ‘म मरे पनि मेरो कांग्रेस बाँचिरहोस्’ नारा लेखिएको ब्यानर टाँगिएको हो।
‘अन्तरघाती नातावादी र भ्रष्टाचारी नेता हुन् कि कार्यकर्ता हुन्, अपराधका मतियार हुन्’ लेखिएको फ्लेक्स बोर्ड युवाहरूले टाँगेका छन्।
खाँदवारीमा मत गणना जारी रहँदा केही युवाहरू पार्टी कार्यालयमा पुगेर नाराबाजी सहित ब्यानर टाँगेको स्थानीयले बताएका छन्।
नेपाली कांग्रेस सङ्खुवासभाको मुख्य कार्यालयको गेटमा नै युवाहरूले उक्त ब्यानर राखेका हुन्। सङ्खुवासभामा मत गणना जारी छ।
यो समाचार तयार पार्दासम्म नेकपा एमालेका उम्मेदवार अर्जुन कार्की अग्रस्थानमा रहेका छन्। कार्कीले १३०५१ मत सहित अगाडी हुँदा नेपाली कांग्रेसका दिपनकुमार श्रेष्ठ १०७२५ मत सहित तेस्रो स्थानमा रहेका छन्।
नेपाली कांग्रेसलाई हराउने काममा आफ्नै नेता, कार्यकर्ता लगायत लागेको भन्दै केही आक्रोशित युवाहरूले ब्यानर टाँगेको हुन्।
कांग्रेस सङ्खुवासभा जिल्ला सभापति आनन्दकुमार गौलीले केही असन्तुष्ट युवाहरूले त्यो गतिविधि गरेको हुनसक्ने बताए। उनले भने, ‘कार्यकर्ताहरू नै छाडा भइसकेका छन्, कसैले रिसको झोँकमा त्यस्तो गतिविधि गरेका हुन सक्छन्।’
उनले अहिले त हारियो भन्दै यस्ता गतिविधिले भोलि पनि पार्टीलाई हराउने जिकिर गरे।
Shares

प्रतिक्रिया