कोशी


निर्वाचन सुरक्षा रणनीति बनाउन गृहमन्त्री अर्याल विराटनगरमा

निर्वाचन सुरक्षा रणनीति बनाउन गृहमन्त्री अर्याल विराटनगरमा

नेपालखबर
पुस १५, २०८२ मंगलबार १३:४०, विराटनगर

कोसी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन गृहमन्त्री ओमप्रकाश अर्याल मंगलबार बिहान विराटनगर आइपुगेका छन्। 

आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनको सुरक्षा रणनीति तय गर्न र प्रदेशको समग्र शान्ति सुरक्षाको समीक्षा गर्न उनी यहाँ आएका हुन्।

बुधबार विराटनगरमा आयोजना हुने सुरक्षा गोष्ठीको गृहमन्त्री अर्यालले उद्घाटन गर्नेछन्। चुनावलाई भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गराउन प्रदेशस्तरीय विशेष कार्ययोजना अनुसार सरक्षा बैठकको आयोजना गर्न लागिएको हो। 

बुधवार (भोली) हुने बैठकमा कोशी प्रदेशका १४ वटै जिल्लाका सुरक्षा प्रमुखहरूले आफ्नो क्षेत्रको सुरक्षा चुनौती र संवेदनशीलताका बारेमा जानकारी गराउनेछन्। 

सुरक्षा बैठकमा सहभागी हुन आएका गृहमन्त्री अर्यालले ‘जेनजी आन्दोलन’का क्रममा आगजनी भएको जिल्ला प्रशासन कार्यालय मोरङको स्थलगत निरीक्षण गरेका छन्। 

त्यस्तै विराटनगरमा रहेको एकिकृत भन्सार जाँच चौकीको निरीक्षण पछि गृहमन्त्री अर्याल सुनसरीको चतराधाम समेत पुग्ने कार्यक्रम रहेको सुरक्षा निकायले जनाएको छ। 

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको स्पष्ट पारेका छन्। जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारका मन्त्रीहरूले नयाँ दल खोलेको चर्चा भइरहेका बेला पत्रकारहरूको प्रश्नको जवाफ दिँदै उनले कुनै पनि  दल खोल्ने कार्यमा आफू सहभागी नभएको बताएका छन्। 

गोष्ठीमा गृह मन्त्रालयका उच्च अधिकारीहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूका साथै प्रदेशका सबै जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहनेछ। 

बैठकले सीमा क्षेत्रको संवेदनशीलता र निर्वाचन लक्षित सुरक्षा संयन्त्रबीचको समन्वयलाई थप प्रभावकारी बनाउने जनाईएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad