कोशी


‘विराट ट्रेड एक्स्पो’ पुस ९ देखि

‘विराट ट्रेड एक्स्पो’ पुस ९ देखि

नेपालखबर
पुस ८, २०८२ मंगलबार १४:४९, काठमाडौँ

‘विराट ट्रेड एक्स्पो २०२५’ भोलि (पुस ९) देखि विराटनगरमा सुरु हुँदैछ। मोरङ उद्योग व्यापार संघले आगामी पुस ९ देखि १९ गतेसम्म विराटनगरमा एक्स्पो आयोजना गर्न लागेको हो।

एक्स्पोको उद्घाटन नेपाल सरकारका अर्थमन्त्री रामेश्वर खनालले गर्नेछन्। संघले विराटनग स्थित मेला स्थलमा मंगलबार पत्रकार सम्मेलन गर्दै  एक्स्पोका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
‘विराट ट्रेड एक्स्पो २०२५’ आयोजक समितिका संयोजक अमित कुमार सारडाले मेलामा २३० स्टलहरू दर्ता भइसकेको जानकारी दिए।

संघले यस वर्ष पनि अन्तर्राष्ट्रिय स्तरीय प्रदर्शनीको रूपमा विकास गर्न लागिएको बताए। 

घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौलाले सुस्त बनेको आर्थिक गतिविधिलाई चलायमान बनाउने, स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने, वस्तुहरूको बजार विस्तार गर्दै अन्तर प्रदेश तथा अन्तर्राष्ट्रिय स्तरमा व्यापारिक सहकार्य निर्माण गर्नु र लघु घरेलु र साना उद्यमीहरूले उत्पादन गरेका बस्तुको बजारीकरण र प्रवर्द्धनमा टेवा पुग्ने बताए।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले यस पटकको एक्स्पोले सुस्त रहेको बजारलाई चलायमान बनाउनको लागि भूमिका खेल्ने बताए।उनले भने, ‘उद्योगी व्यवसायी थाकेका छैनन् भन्ने सन्देश यो एक्स्पोले सन्देश दिनेछ।’

एक्स्पोमा जर्मन प्रविधिको ह्याङगर र अक्टानम सहितका २३० स्टलमार्फत घरेलु, साना, मझौला तथा ठूला उद्योगका उत्पादन–सेवाका साथै कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, कला–संस्कृति तथा औद्योगिक सामग्री प्रदर्शन गरिने  भारत, बंगलादेश र पाकिस्तानका उत्पादनकर्ता पनि सहभागी हुने आयोजकले जनाएको छ।

नेपाल उद्योग परिसंघ कोशीका प्रदेश उपाध्यक्ष प्रकाश मुन्दडाले नयाँ उद्यमीलाई व्यवसाय सुरु गर्ने अवसरका लागि विस्तार रणनीतिमा यो एक्स्पोले भुमिका खेल्ने बताए। एक्स्पोमा डिजिटल अर्थतन्त्र र साइबर सुरक्षासम्बन्धी ज्ञान प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।

स्टार्टअप, पर्यटन, सूचना प्रविधि, कर–लेखा र महिला उद्यमशीलता सम्बन्धी विभिन्न गोष्ठी, तालिम र अन्तरक्रिया कार्यक्रम समावेश गरिने संघले जनाएको छ। मनोरञ्जनका लागि राष्ट्रिय कलाकारहरूले प्रस्तुति दिनेछन्।

साथै, किड्स जोन, सेल्फी जोन, फिस तथा जलपरी टनेल र नेपाली कलाकृतियुक्त विशेष प्रवेशद्वार आकर्षणको केन्द्र रहने संघले जनाएको छ।

मेलामा करिब दुई लाख दर्शक आउने अनुमान गरिएको छ। एक्स्पोले कोशी पर्यटन वर्ष २०८२ लाई प्रभावकारी ढंगले प्रवर्द्धन गर्ने कोसी पर्यटन वर्षका सह संयोजक भविश श्रेष्ठले जानकारी दिए। संघका अध्यक्ष अनुपम राठीले सो अवधिमा करिब २० करोडको कारोबार हुने जानकारी दिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad