कोशी


झापामा जेनजी आन्दोलनका बेला प्रहरीबाट लुटिएको ‘ग्यासगन’ भेटियो

झापामा जेनजी आन्दोलनका बेला प्रहरीबाट लुटिएको ‘ग्यासगन’ भेटियो

झापाको कमल गाउँपालिकामा आइतबार बिहान फेला परेको 'ग्यासगन'। यो जेनजी आन्दोलनका बेला लुटिएको हतियार भएको प्रहरीको भनाइ छ।


नेपालखबर
पुस ६, २०८२ आइतबार ८:२३, विराटनगर

​झापाको कमल गाउँपालिकामा बेवारिसे अवस्थामा 'ग्यासगन' फेला परेको छ। 

आज ​बिहान ६:३० बजेतिर कमल गाउँपालिका-५, स्थित धनप्रसाद मार्गनजिकै गेउरीया खोलाकिनारमा 'ग्यासगन' भेटिएको हो। 

२३८१६९ नम्बरको ग्यासगन गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले दमकस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार भएको प्रहरीको भनाइ छ।

इलाका प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले खानतलासीका क्रममा उक्त हतियार आज बिहान फेला पारेको हो। बरामद ग्यासगन खिया लागेको तथा जलेको अवस्थामा छ।

भेटिएको हतियारका विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad