विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्की केपी शर्मा ओली समूहबाट नेकपा एमालेको केन्द्रीय सदस्य (खुला) उम्मेदवार सुचीमा परेकी छिन्।
अनेमसंघबाट राजनीति गरेकी कार्की पछिल्लो समय ओली समूहको विश्वासिलो नेताको रूपमा गनिन्छिन्।
२०७९ सालको निर्वाचनमा विराटनगर महानगरपालिकाको उम्मेदवार भएकी कार्की उपप्रमुखमा निर्वाचित हुँदा मेयरमा सागर थापा पराजित भएका थिए।
एमालेबाट मेयरमा पराजित थापा नेकपा एमाले मोरङको जिल्ला अधिवेशनबाट विनोद ढकाल समूहबाट उपाध्यक्ष भएका छन् ।
उपमेयर कार्की ओली समूह उपसचिवमा उम्मेदवारी दर्ता गराउँदा उनलाई पराजित गराइएको थियो। नेकपा एमाले अप्ठेरोमा परेको बेला सबै दलहरूको गठबन्धन हुँदा विराटनगर महानगरपालिकामा चुनाव जितेकी कार्कीलाई एघारौँ केन्द्रीय महाधिवेशनमा केपी शर्मा ओली समूहबाट उम्मेदवार बनेकी हुन्।
कार्कीसँगै नेकपा एमालेको महाधिवेशनमा कोसी प्रदेशबाट थुप्रै नेताहरूले केन्द्रीय सदस्य खुल्लामा उम्मेदवारी दर्ता गराएका छन्।
सार्वजनिक सूचीअनुसार सङ्खुवासभाबाट राजेन्द्र गौतम र तुलसी न्यौपाने, सुनसरीबाट भीम आचार्य, प्रेम दंगाल र भगवती चौधरी, झापाबाट अग्नि खरेल, देवेन्द्र दाहाल, जितबहादुर दर्जी, गोविन्द थापा, दीपक कार्की, चिन्तन पाठक, होमबहादुर थापा, एलिजा गौतम, गीता अधिकारी, सुनिता बराल, निर्मला पाठक र जलवर्षा राजवंशी रहेका छन्।
त्यस्तै मोरङबाट लालबाबु पण्डित, ऋषिकेश पोखरेल र शिल्पा निराला कार्की, ओखलढुङ्गाबाट यज्ञराज सुनुवार र अस्मिता थापा, खोटाङबाट विशाल भट्टराई, बिनादेवी राई, इलामबाट शकुन्तला लेप्चा ओलीको केन्द्रीय सदस्यको उम्मेदवारको सुचीमा छन्।
Shares

प्रतिक्रिया