गत बुधबार सुनकोसी नदीमा हाम फालेका उदयपुरको कटारी-३ च्याँगाका ६२ वर्षीय लुप्त (मिश्र) बहादुर कार्की अझै भेटिएका छैनन्।
कार्की कटारी-१४ घुर्मी र ओखलढुङ्गाको हर्कपुर जोड्ने सुनकोसी पुलबाट बुधबार दिउँसो हाम फालेका हुन्।
इलाका प्रहरी कार्यालय (कटारी) का प्रहरी निरीक्षक लङ्कबहादुर श्रेष्ठका अनुसार घटनास्थलमा कार्कीका टोपी र जुत्ता फेला परेका छन्।
‘शनिबार (आज) गोताखोर टोली आएर खोजी गर्ने तयारी छ’, निरीक्षक कार्कीले भने, ‘तीन दिनदेखि घटनाको अनुसन्धान र खोजी जारी राखे फेला पर्न सकेको छैन।’
घटनापश्चात् प्रहरी, आफन्त र स्थानीयले डोरीको माध्यमबाट कोसीमा खोजी जारी राखे फेला परेको छैन। स्थानीयका अनुसार बुधबार दिउँसो कार्कीले पुलको मध्यभागबाट कोसीमा हाम फालेका थिए। रासस
201
Shares

प्रतिक्रिया