कारोबार


अस्ट्रेलियन डलरको मूल्य हालसम्मकै उच्च हुँदा युरो र पाउन्डको घट्यो

अस्ट्रेलियन डलरको मूल्य हालसम्मकै उच्च हुँदा युरो र पाउन्डको घट्यो

फाइल तस्बिर


नेपालखबर
मंसिर २०, २०८२ शनिबार ६:०, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, बहराइन दिनारसहितका केही विदेशी मुद्राको मूल्य बढेको छ। तर युरो, पाउन्ड, कुवेती दिनारसहितका मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ।

आज अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा थियो। 

यही मंसिर १८ गते अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरि आज युरो १ को खरिदर १६७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०४ पैसा छ। हिजो युरो १ को खरिदर १६७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४४ पैसा थियो। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९२ रुपैयाँ ३५ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९२ रुपैयाँ ६९ पैसा थियो। 

आज अस्ट्रेलियन डलर १ को खरिदर ९५ रुपैयाँ २९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६९ पैसा छ। अस्ट्रेलियन डलरको यो विनियमदर हालसम्मकै सबैभन्दा उच्च हो।

हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९४ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९५ रुपैयाँ ३७ पैसा थियो। 

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६८ रुपैयाँ १४ पैसा र बिक्रीदर ४७० रुपैयाँ ०९ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४६८ रुपैयाँ ४२ पैसा र बिक्रीदर ४७० रुपैयाँ ३८ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिदर ३८१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ७३ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ६८ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad