झापा र इलाममा प्रहरीको लुटिएको हातहतियारमा संलग्न ३ जनालाई पक्राउ गरिएको छ। उनीहरूबाट २ थान चाइनीज पेस्तोल र २० राउन्ड गोली बरामद भएको छ।
पक्राउ पर्नेहरूमा झापाको दमक-८ का २५ वर्षीय सरोज पुरी, दमक-६ का २९ वर्षीय विश्व लिङ्देन र इलामको चुलाचुली-४ का पवन हाङ्सुरुम्वा रहेका छन्।
भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा काठमाडौँमा प्रहरी कार्यालयमा भएको तोडफोड र आगजानीका क्रममा उनीहरूले लुटेको हातहतियार फेला पारेको सूचना अनुसार मंसिर ८ गते इलाका प्रहरी कार्यालय दमक र लागु औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको टोलीले सरोज पुरीलाई आफ्नै घरबाट १ थान पेस्तोल र १५ राउण्ड गोलीसहित पक्राउ गरेको थियो।
पुरीले लुटेको अर्को पेस्तोल र ५ राउण्ड गोली विश्व लिङ्देनलाई दिएको र विश्वले ती पवन हाङ्सुरुम्वामा राख्न दिएको खुलेपछि प्रहरीले उनलाई पनि बारीमा खाल्डो खनी लुकाइएका १ थान पेस्तोल र ५ राउण्ड गोलीसहित पक्राउ गरेको छ।
पक्राउ परेका ३ जनाविरुद्ध आवश्यक कानुनी कारबाही र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया