कोशी


एकीकृत समाजवादीका प्रदेशका नेतासहित महानगर कमिटी एमालेमा समाहित

एकीकृत समाजवादीका प्रदेशका नेतासहित महानगर कमिटी एमालेमा समाहित

नेपालखबर
मंसिर १, २०८२ सोमबार १९:४७, विराटनगर

नेकपा (एकीकृत समाजवादी)मा रहेका प्रदेश कमिटी तथा विभिन्न विभागका केन्द्रीय सल्लाहकारहरू नेकपा एमालेमा प्रवेश गरेका छन्। 

एकीकृत समाजवादीको विराटनगर महानगर कमिटी एमालेमा समाहित भएको हो।  पार्टीको ‘घर फर्क राष्ट्रिय अभियान’अन्तर्गत विराटनगरमा सोमबार बसेको एमाले कोसी प्रदेश कमिटीको नवौँ पूर्ण बैठकमार्फत एकीकृत समाजवादीमा रहेका धेरै नेताहरू एमालेमा प्रवेश भएका हुन् भनेँ सिङ्गो महानगर कमिटी एमालेमा समाहित भएको नेकपा एमालेले जनाएको छ। 

पार्टीका महानगर अध्यक्ष वीरेन्द्र यादवसहितको पार्टी कमिटी एमालेमा फर्किएको जनाइएको छ। एकीकृत समाजवादीका नेताहरू डा‍ उद्धव पोखरेल, किशोर शाहीलगायत पनि एमालेमा फर्किएका छन्।

नेकपा एकीकृतमा रहेका ४ जना केन्द्रीय सङ्गठन विभागहरूमा रहेका तथा प्रदेश कमिटी सदस्यमा रहेकाहरू सहित सिङ्गो महानगर कमिटी नै एमालेमा समाहित भएको नेकपा एमाले मोरङ इन्चार्ज जीवन घिमिरेले जानकारी दिए।

घिमिरेका अनुसार, एमालेले केन्द्रीय स्तरमा विभिन्न समयमा पार्टी परित्याग गरी अन्य राजनीतिक दलमा गएका नेता कार्यकर्तालाई पुनः पार्टीमा सक्रिय गराउने उद्देश्यले सञ्चालित ‘घर फर्क राष्ट्रिय अभियान’अन्तर्गत एकीकृत समाजवादीका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरिएको हो। 

एमालेमा समाहित भएका एकीकृत समाजवादीका कोसी प्रदेश कमिटी सचिवालय सदस्य डा उद्धव पोखरेलले एमाले आफूहरूको समेत रगत र पसिना परेको घर भएकोले केही समय घर बाहिर रहे पनि पुनः फर्किएको बताए।

पार्टीमा समाहित भएकालाई स्वागत गर्दै एमाले कोसी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा तथा प्रदेश इन्चार्ज शेरधन राईले पार्टीमा लामो समय खटिएका नेताहरू पुनः एमालेमा आउँदा पार्टीले उचित जिम्मेवारी दिने बताए।

‘घर फर्क अभियान’अन्तर्गत एकीकृत समाजवादीको प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य र सिङ्गो महानगर कमिटी गरेर झन्डै ८० भन्दा बढी नेताहरू एमालेमा समाहित भएको जानकारी दिइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad