धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका–१०, चुंगबाङ क्षेत्रमा प्रहरीले गस्ती गर्ने क्रममा झाडीभित्र लुकाइ राखिएको एकथान बेबरिसे भरुवा बन्दुक फेला पारेको छ।
प्रहरी चौकी हिलेबाट खटिएको प्रनानी चिरञ्जीवी खड्का नेतृत्वको टोलीले आज दिउँसो करिब ३ बजे गस्तीको क्रममा उक्त बन्दुक फेला पारेको प्रहरीले जनाएको छ।
गस्तीको क्रममा झाडीभित्र लुकाइएको अवस्थामा भेटिएको बन्दुकसहित अन्य बारुद तथा गोली भने फेला नपरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
फेला परेको बन्दुकलाई प्रहरी चौकी हिलेतर्फ ल्याई आवश्यक कारबाही तथा थप अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार बन्दुक कसले, किन, र कसरी उक्त क्षेत्रमा ल्याई लुकाइएको भन्ने विषयमा अनुसन्धान जारी छ।

प्रतिक्रिया