कोशी


प्रहरी कार्यालय पुनर्निर्माण गर्न १० लाख सहयोग

प्रहरी कार्यालय पुनर्निर्माण गर्न १० लाख सहयोग

नेपालखबर
कात्तिक ३, २०८२ सोमबार १८:११, बनियानी (झापा)

इलाका प्रहरी कार्यालय अनारमनीको पुनर्निर्माणका लागि वैदेशिक रोजगार व्यवसायी संघ झापाले १० लाख बराबरको सहयोग प्रदान गरेको छ। इलाका प्रहरी कार्यालय अनारमनीको कार्यालय परिसरमा आज एक संक्षिप्त कार्यक्रमबीच संघले फर्निचर र नगद रकम प्रदान गरेको हो। 

संघका अध्यक्ष धनबहादुर पन्धाक नेतृत्वको टोलीले इलाका प्रहरी कार्यालय अनारमनीको पुनर्निर्माण जुटेका युवा व्यवसायी पदम श्रेष्ठ र इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक विजय श्रेष्ठलाई संयुक्त रूपमा नगद तथा जिन्सी सामग्री हस्तान्तरण गरे। गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको इलाका प्रहरी कार्यालयको पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार सहयोग हस्तान्तरण गरिएको संघका अध्यक्ष धनबहादुर पन्धाकले बताए।

संघका महासचिव निरन खत्रीले संघले सामाजिक क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको उल्लेख गर्दै इलाका प्रहरी कार्यालय पुनर्निर्माणसँगै हालै अविरल वर्षापछिको बाढीबाट पीडित भएका परिवारलाई १ लाखभन्दा बढीको राहत उपलब्ध गराइएको जानकारी दिए। इलाका प्रहरी कार्यालय पुनर्निर्माणमा खटिएका युवा व्यवसायी पदम श्रेष्ठले सबैको साथ र सहयोगबाट इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad