कोशी


मोरङमा महिलाले काटिदिइन् पतिको गोप्य अंग

मोरङमा महिलाले काटिदिइन् पतिको गोप्य अंग

नेपालखबर
असोज २८, २०८२ मंगलबार १०:२७, काठमाडौँ

मोरङको कटहरीमा महिलाले पतिको गोप्य अ‌ंग काटिदिएकी छन्। 

मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार आपसी विवादका क्रममा कटहरी गाउँपालिका-२ मा पत्नीले ३२ वर्षीय कामत थरका पुरुष (गोप्यताका लागि नाम नखुलाइएको) को लिंग धारिलो हतियारले काटिदिएकी हुन्। 

सोमबार राति दुई जनाबीच विवाद हुँदा ३० वर्षकी पत्नीले उनको लिंगमा धारिलो हतियारले प्रहार गरेको मोरङ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी कोपिला चुँडालले जानकारी दिइन्। 

‘धारिलो हतियारले पुरुषको गोप्य अंग आधा छिनेको छ’, डीएसपी चुँडालले मंगलबार बिहान नेपालखबरसँग भनिन्, ‘उनको अहिले कोसी अस्पतालमा उपचार भइरहेको छ भने महिलालाई नियन्त्रणमा लिएर घटना अनुसन्धान थालेका छौँ।’

मोरङकै जहदा गाउँपालिका-३ का बासिन्दा उनीहरू कटहरी गाउँपालिका-२ मा डेरामा बस्थे। 

झगडाको कारण पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad