कोशी


उदयपुरपुरमा खोलाले बगाउँदा ३ वर्षकी बालिकाको मृत्यु

उदयपुरपुरमा खोलाले बगाउँदा ३ वर्षकी बालिकाको मृत्यु

फाइल तस्बिर


नेपालखबर
असोज १९, २०८२ आइतबार ५:३४, उदयपुर

उदयपुरको त्रियुगा नगरपालिका-५, दमौटीमा खोलाले बगाउँदा बालिकाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार खोलाले बगाउँदा उजन राईकी छोरी ३ वर्षीया रेबिका राईको मृत्यु भएको हो। 

शनिबार दिउँसो २ बजे बालिका खोला नजिकै खेल्ने क्रममा अम्बिका खोलाले बगाएको हो।

बालिकाको शवलाई प्रकृया पूरा गरी आफन्तको जिम्म लगाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको उदयपुर जिल्ला प्रहरी कार्यालयरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad